Namastebihani
images

जनकपुरको रेल किन भयो फेल ?

  • १६ भाद्र २०७९, बिहीबार १५:३३

वि. सं. १९८४ (ई. १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेल सेवा हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो ।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भएकाे थियाे।

जयनगर-जनकपुर-बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो ।विस्तारै रेल बाट नै मान्छेहरुको आवत जावत सुरु हुन थाल्यो अनि रेलमा डब्बा (बोगी)हरु जोडिँदै यातायतको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न थालेको इतिहासले जनाउँछ ।

ठूलो बाढीले बिगहीका २ वटा पुल लगायत अन्य पुलहरु पनि बगाएपछि १९ वर्ष पहिले जनकपुरभन्दा पश्चिमतिर रेल जान बन्द भएको थियो । जनकपुर–जयनगरका पुलहरु तयार पारेर जनकपुरदेखि जयनगरसम्मको सेवा भने चालू नै रह्यो । तर, रेलको निमित्त चाहिने कोइलाको आपूर्ति सरकारले गर्न सकेन । गर्न रुचि पनि देखाएन ।

रेल कर्मचारीहरू दाउराले रेल सञ्चालन गर्न थाले । पछि भारतीय सहयोगमा डिजल ईन्जन आयो । रेल फेरि दगुर्न थाल्यो। समय बित्दै जाँदा रेल र रेल गुड्ने पटरीको अवस्था दैनिय हुँदै गयो, धेरै प्राविधिक समस्याहरुको कारणले गर्दा जनकपुर- जयनगर रेल ठप्प हुने अवस्था सम्म पुग्यो।

रेल सञ्चालनमा ल्याइयो भने नेपालको व्यापारमा वृद्धि हुनेछ, लाखौ लाख पर्यटक डायरेक्ट भारतबाट नेपाल भ्रमण गर्न आउँछन्, युवाहरुको रोजगार शृजना हुने छ, गरिबी निवारण हुनेछ। तर तीनै तहका सरकार किन मौन छन् ? किन व्यापार संघ र लगायतका अन्य संघ-संस्थाहरु मौन छन् ? यो रेलमार्ग नेपालकै निमित्त पनि अत्यन्त लाभदायी सिद्ध हुनेछ । जनकपुरधाम र यस क्षेत्रका सम्पूर्ण नागरिकलाई यसका निमित्त अग्रसरता लिन जरुरी छ ।

आज भन्दा ११ वर्ष पहिला पुन: नयाँ रेलवे को निर्माण कार्य सुरु भयो। विस्तारै काम अगाडि बढदै गयो। हाल नेपाल आफैँले खरिद गरेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेका छन। जनकपुर आइपुगेका दुवै रेल ५/५ डिब्बाका हुन जसमा एउटा रेलमा एकैपटक १३ सय जनाले यात्रा गर्न सक्छन्।

याहा सम्म त ठिकै भयो,पुरानो रेल गयो, नया रेलवे लाइन र नयाँ चट्ट परेको रेल पनि आयो तर अब सरकारले सञ्चालनमा ल्याउन के को डर र लाज मानिरहेको छ? यो सवाल आम नागरिक को हो।

रेल सञ्चालनमा ल्याइयो भने नेपालको व्यापारमा वृद्धि हुनेछ, लाखौ लाख पर्यटक डायरेक्ट भारतबाट नेपाल भ्रमण गर्न आउँछन्, युवाहरुको रोजगार शृजना हुने छ, गरिबी निवारण हुनेछ। तर तीनै तहका सरकार किन मौन छन् ? किन व्यापार संघ र लगायतका अन्य संघ-संस्थाहरु मौन छन् ? यो रेलमार्ग नेपालकै निमित्त पनि अत्यन्त लाभदायी सिद्ध हुनेछ । जनकपुरधाम र यस क्षेत्रका सम्पूर्ण नागरिकलाई यसका निमित्त अग्रसरता लिन जरुरी छ ।

बुटवल, भैरहवा, नेपालगंज, विराटनगर र विरगंज आदी नेपालको ठुलो औधोगिक एवं व्यापारिक क्षेत्र हो । यदि जनकपुर-जयनगर रेल सञ्चालन भयो भने व्यापारको निमित्त माल सामान ओसार पसार गर्न रेल मार्ग यातायतको सबभन्दा सहज श्रोत हुनेछ। भारत बाट नेपालमा माल सामान ल्याउन सडक यातायातबाट महिनौ लाग्छ तर यही रेल मार्गद्वारा ल्याइयो भने एक हप्ता पनि लाग्दैन। तर यी सब काम जनकपुरबाट नै हुन्छ। भारत बाट नेपाल माल समान ल्याउनु परेमा पहिला जनकपुर ल्याउनै पर्छ या पठाउनू परेमा पहिला जनकपुर, भने पछि नेपालको व्यापरिक र औधोगिक क्षेत्रमा जनकपुरले नै अहम भूमिका खेल्छ र व्यापारको गढ जनकपुर बन्न जान्छ त्यही कारणले गर्दा अन्य व्यापरिक तथा औधोगिक क्षेत्रका ठूल ठूला व्यापारी एवं उद्योगपतिहरुले तीनै तहका सरकारलाई पैसाको लोभ लालच देखाई दबाब बनाएका छन् । यो कुरा एउटा खाजा पसलमा मैले खाजा खादै गर्दा केही बुद्धीजिवी वर्गका व्यक्तिहरुको मुख बाट सुनेको कुरा हो।

अहिले सबै थोक भएर पनि रेल सञ्चालन हुन सकिरहेको छैन । हरेक सरकारले व्यवस्थापक र कर्मचारीहरूको नियुक्ति गरी राजस्वको बेमतलब खर्च–प्रयोग गरिरहेको छ । यी व्यवस्थापक र कर्मचारी सञ्चालन गर्नुभन्दा काम बिगार्ने खेलमा मात्र लागेका छन् । किनभने, यिनलाई निर्देशन नै त्यस्तै हुन्छ । ट्रयाक, बोगी, इन्जन, स्टेशन, घुम्ती, सिगनल सबै थोक निर्माण भइसके पनि रेल सञ्चालन हुन नसक्नु संसारकै यो पहिलो उदाहरण हो ।

रेल सञ्चालनको निमित्त राष्ट्रियसभाका पूर्वसांसद वृषेशचन्द्र लालले प्रयास गर्दै आए । पटक–पटक संसदमा रेल सञ्चालनको निमित्त सरकारमाथि दबाव दिए । अहिले फेरि युवा राजनीतिकर्मीहरूलाई उत्प्रेरित गरेर दबाव बढाउने प्रयास गरिँदैछ । नेपाल सरकार, प्रदेश सरकार, प्रदेश प्रमुखलाई प्रदर्शनका साथ ज्ञापन पत्र बुझाइएको छ । यसमा जनकपुरका युवा, व्यापारी र आम नागरिक समाजको सहभागिता आवश्यक छ।

रेल सञ्चालनको निमित्त तिनै तहका सरकारलाई पूर्णरुपले अब दबाब शृजना गर्नुपर्ने अहिलेको आवश्यक्ता देख्दछु। साथीहरु यो कुनै ठूलो र असम्भव काम होइन। रेल सुचारु गर्नको निमित्त सब थोक छ, अब मात्र दबाबको कमी रह्यो । जनकपुरको रेल संचालन गर्न गराउन हामी एक ढिक्का भएर दबाब दिन युवा साथीहरुसँग हार्दिक अपिल गर्दछु।