Namastebihani
images

नारायणगढ जेसीजले जित्यो सेन्ट्रल कलेज मेलमिलाप कप फुटसलको उपाधि

  • १६ भाद्र २०७९, बिहीबार १२:३१

चितवन : मेलमिलाप कप फुटसलको उपाधि नारायणगढ जेसीजले हात पारेको छ । फाइनल खेलमा लियो क्लब अफ भरतपुरलाई पराजित गर्दै नारायणगढ जेसीजले उपाधि जितेको हो । नारायणगढ जेसीजले लियो क्लब अफ भरतपुरलाई ८-४ गोल अन्तरले पराजित गरेको हो । नारायणगढ जेसीज लियो क्लब अफ नारायणगढलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने लियो क्लब अफ भरतपुरले फाइनलमा स्थान बनाउन नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई हराएको हो ।

विजेता र उपविजेता दुबै टोलीले शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की र प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले पुरस्कार वितरण गरे ।

सक्षम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा ब्रदर्श फुटसल एरिना क्षेत्रपुरमा सम्पन्न प्रतियिगितामा पत्रकार, लियो, लायन्स, जेसीज र रोट्र्याकका सात टोली सहभागी थिए । सामाजिक क्षेत्रमा सक्रिय बिभिन्न क्लब र खेलकुद पत्रकारबीचको सम्बन्ध थप मजबुद मनाउन प्रतियोगिता आयोजना गरिएको सक्षम मिडियाका अध्यक्ष विपिन खनालले बताए ।