Namastebihani
images

भारतमाथि फिफाद्वारा लगाएको प्रतिबन्ध फुकुवा

  • १६ भाद्र २०७९, बिहीबार १२:३०

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले पत्र लेखेर भारतको फुटबल संघलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबर ११ देखि ३० सम्म यू-१७ महिला विश्वकप भारतमा हुने छ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ।   फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतले गत मंगलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो।