Namastebihani
images

डिभिजन वन चितवनमा एक महिनामा दश मुद्दा दर्ता

  • १६ भाद्र २०७९, बिहीबार १३:००

चितवनः चालु आर्थिक वर्षको एक महिनामा १० मुद्दा दर्ता भएका छन् । डिभिजन वन कार्यालय चितवनका अनुसार साउन महिनामा जिल्लाका बिभिन्न पालिकामा काठ चोरी पैठारी गर्ने आरोपमा १० वटा मुद्दा दर्ता भएका हुन ।
ती मुद्धामा १० जना प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा २४२ दशमलब ६ क्यूफिट सालको काठ बरामत गरिएको छ । २५१ थान चिरान काठ बरामत गर्दा सो क्यूफिट बराबर हुन आएको हो ।

खनालका अनुसार राष्ट्रिय वन क्षेत्रमा गरीएको गस्तिका क्रममा उनीहरुलाई पक्राउ गरि मुद्धा दर्ता गरिएको छ । चोरी नियन्त्रणका लागि आपतकालिन गस्ति, समुदाय संग साझेदारीमा जनचेतना मूलक कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।