Namastebihani
images

चितवनको तीन क्षेत्रमा काँग्रेसका २२ आकांक्षी

  • १६ भाद्र २०७९, बिहीबार १३:००

चितवनः नेपाली काङ्ग्रेस चितवनले आव्हान गरेको उम्मेदवार आकांक्षिको फारममा जिल्लामा तीन निर्वाचन क्षेत्रमा २२ जना आकांक्षी देखिएका छन् । यही मंसिर ४ गते हुने निर्वाचनका लागि तीन क्षेत्रमा उनीहरुले आफ्नो दाबी प्रस्तुत गरेका हुन ।
क्षेत्रीय समितिले १४ र १५ गते आव्हान गरेको आकांक्षीको आबेदन आव्हान गरेका थिए । आव्हान गरिएको आकांक्षीका क्रममा २२ जना प्रत्यक्ष र ३२ जना समानुपातीकमा अपेक्षा व्यक्त गर्नुभएको हो ।

चितवन क्षेत्र नम्बर १ मा राजेन्द्र प्रसाद बुर्लाकोटी, भिम प्रसाद थपलिया, उमेश श्रेष्ठ, डा. तिर्थराज खनिया, डा. स्वर्णिम वाग्ले, डा. विश्वनाथ पौडेलले आकांक्षा प्रस्तुत गर्नुभएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १० जना आकांक्षी रहेका छन् ।
जीतनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, उमेश श्रेष्ठ, राजेश्वर खनाल, उमा रेग्मी, इन्दिरा कुमारी सडौला सापकोटा, भरत सापकोटा, कैलाश कोइरालाले प्रत्यक्ष तर्फ आफ्नो आकंक्षा प्रस्तुत गर्नुभएको हो ।

चितवन क्षेत्र नम्बर तीनमा ६ जना आकांक्षी रहेका छन् । टेक प्रसाद गुरुङ, दिनेश कोइराला, तारानाथ पौडेल, बिजय शर्मा भुषाल, रामकृष्ण घिमिरे र भरत प्रसाद सापकोटाले प्रत्यक्ष तर्फ निर्वाचन लड्ने मनासायले आबेदन दिनुभएको छ । यस क्षेत्रमा समानुपातीक तर्फ १६ जना आकांक्षी रहेका छन् । समानुपातीक तर्फ क्षेत्र नम्बर १ र २ मा ८/८ जना आकांक्षी रहेको नेपाली काङ्ग्रेस चितवनका सचिब धुर्ब पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश निर्वाचन क्षेत्रमा समेत आकांक्षिहरुको नाम दर्ता गराईएको छ । आकंक्षा गरिएका नामावली सबै क्षेत्रले जिल्लामा बुझाउने छन् । जिल्लाबाट कम्तीमा ३ जनाको नाम नेपाली काङ्ग्रेस बागमती प्रदेश र केन्द्रिय कार्यालयमा सिफारीस गर्ने छन् ।