Namastebihani
images

देवघाटमा पौडी खेल्दा रसियन नागरिक वेपत्ता

  • १५ भाद्र २०७९, बुधबार १०:३३

देवघाट : यही मिति २०७९/४/३१ गतेका दिन देवघाट–५  देवघाटको कालीगण्डकीमा दिउँसो १ बजे पौडी खेल्ने क्रममा २९ वर्षीय रसियन नागरिक पिटर रुजिन बेपत्ता भइरहेकोले फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय

अथवा तलको नम्बरमा सम्पर्क गरिदिएमा रु ५००००।– पुरस्कार प्रदान गरिने छ ।
वेपत्ता भएको व्यक्तिको विवरण
उचाई : १९२ सेमी
आँखा : निलो
हल्का दारी भएको, पातलो शरिर, अन्डरवेयर मात्र लगाएको, खुट्टामा ब्रासलेट लगाएको ।
सम्पर्क नं. : ९८४५३९४५३१