Namastebihani
images

साउदी अरबमा सामाजिक सञ्जालमा पोष्ट गरेबापत एक महिलालाई ४५ वर्षको जेल सजाय

  • ४ आश्विन २०७७, आईतवार १३:४०

 साउदी  : सामाजिक मिडियामा पोस्ट गरे बापत साउदी अरबकी एक महिलालाई ४५ वर्ष जेल सजाय सुनाइएको छ । नोरा बिन्ट सिड अल क्वातानी नाम गरेकी ती महिलालाई आतंकवाद सम्बन्धी अदालतले दोषी ठहर गरेको हो ।

नोरालाई सामाजिक मिडियाको प्रयोग गरी समाजको व्यवस्था र मान्यतालाई खल्बल्याएको आरोप लगाइएको छ । उनले सामाजिक मिडियामा साउदी नेताहरुको आलोचना गरेको बताइएको छ ।

यसअघि अर्की एक महिलालाई पनि द्वीटर मार्फत् गतिविधि गरेको आरोप लगाउँदै गत अगस्टमा ३४ वर्ष जेल सजायँ तोकिएको थियो । यी दुबै महिला अन्य कुनै आपराधिक घटनामा संलग्न भएको रेकर्ड छैन ।

खाडी क्षेत्रको अनुसन्धान सम्बन्धी संस्थाले अदालतले आतंकवादसँग सम्बन्धित अदालतले दोषी ठहर गरेपछि यस विषयमा थप अनुसन्धान गरेको हो । अदालतले साइबर अपराध कानुनमार्फत् आतंकवादी गतिविधि गरेको ठहर गरेको जनाइएको छ ।-